सोमबार, भाद्र ९,२०८२ 08:30:57
  • सोमबार, भाद्र ९,२०८२ 08:30:57
Global IME Bank Limited

वार्षिक औषत ३५% लाभांश दिएको छिमेक लघुवित्तको सेयरभाउ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
वार्षिक औषत ३५% लाभांश दिएको छिमेक लघुवित्तको सेयरभाउ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरुमध्ये छिमेक लघुवित्त पनि एक हो । छिमेक लघुवित्तले एक थोक लघुवित्तका रुपमा कारोबार गर्दै आएको छ ।  

छिमेक लघुवित्तले सन् २००२ देखि महोत्तरी र चितवन जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएर लघुवित्त कारोबार सुरु गरेको थियो । सुरुमा एनजीओका रुपमा काम गरेको यो संस्था पछि सन् २००२ जनवरीदेखि नेपाल राष्ट्र बैंकबाट इजाजत लिई लघुवित्त क्षेत्रमा कार्यरत छ ।  

छिमेक लघुवित्तमा विभिन्न बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ । छिमेक लघुवित्तमा नेपाल बैंकको ८.७३ प्रतिशत, ग्लोबल आइएमइ बैंकको ८.२२ प्रतिशत, हिमालयन बैंकको ८.७३ प्रतिशत, स्थानीयको ९ प्रतिशत र अन्यको ६५.३३  प्रतिशत लगानी रहेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत  आर्थिक वर्षको चौंथो त्रैमासको रिपोर्ट अनुसार संस्थाको चुक्तापुँजी ३ अर्ब २१ करोड रुपैयाँ रहेको छ । संस्थाको बचत तथा रिजर्भमा ५ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  

संस्थाको वार्षिकीकृत ईपीएस ३७.७२ रुपैयाँ, पीई रेसियो २८.८० गुणा, नेटवर्थ २५७. ५४ रुपैयाँ र रिर्टन अन इक्विटी १४.६५ प्रतिशत रहेको छ ।  

चौंथो त्रैमाससम्ममा संस्थाले १ अर्ब २१ कारोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको खराब कर्जा २.५५ प्रतिशत रहेको छ ।  

छिमेक लघुवित्तको १० वर्षको औसत वार्षिक प्रतिफल ३५ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक÷फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ । यस आधारमा यो कम्पनीको सेयर मूल्य हाल पाँचौ वेभमा चलेको देखिन्छ । जस अनुसार पाँचौ वेभमा यो कम्पनीको सेयर मूल्य १३ सय देखि १४ सयसम्म पुग्न सक्ने अनुमान लगाउन सकिन्छ ।  

माथी मूख्य तश्विरमा  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल ७५ को तहमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मुल्य ११२४ रुपैयाँ रहेको छ भने न्यून मूल्य ८२४ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता १०७२ मा चलेको छ । यो कम्पनीको सेयर ब्रोकर नम्बर ६५ , ४८ र ४२ बाट उच्च होल्डिङ रहेको छ । यस कम्पनीको सेयर ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणतर्फ रहेको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डमा शुटिङ स्टार बनेको देखिन्छ । यसले अल्पकालमा केही करेक्सेन हुन सक्ने देखिन्छ । म्याक्डीमा भने बुलिस क्रसओभर नजिक रहेको देखिन्छ । आरएसआई पनि न्यूट्रल जोनमा डब्लु आकार बनाएर हाल फर्कने कोसिस् गरेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यस कम्पनी सेयर भाउ बुलिस यात्रामा चल्दै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १४२४

प्रतिरोध २ – १२८४

प्रतिरोध १–  ११८४

पिभट् प्वइन्टः १०४४

घटेमा सपोर्ट 

सपोर्ट १– ९४४

सपोर्ट २– ८०४

सपोर्ट  ३ – ७०४

निष्कर्षः आधारभूत रुपमा यो कम्पनीको अवस्था सन्तोषजनक नै देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी ३७.७२ रुपैंयाँ रहेको छ भने बुक भ्यालु २५७ रुपैंयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी १४.६५ प्रतिशत रहेको छ ।  

यस हिसावले आधारभूत रुपमा कम्पनी मजबुत नै रहेको देखिन्छ । इलिअट वेभ मार्फत नियाल्दा यो कम्पनी हाल चौंथो वेभमा चलेको र आगामी दिनहरुमा पाँचौ वेभको बढोत्तरीले सेयरको मूल्यले नयाँ उचाइ लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.