काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. १००० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । बैंकले कुल ४ खर्ब ३० अर्ब रुपैयाँबराबरको रु १००० दरका ४३ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको हो ।
राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै नयाँ नोटको डिजाइन, प्रिन्टिङ र आपूर्ति र डेलिभरीका लागि बोलपत्र आह्वान गरेको छ ।
राष्ट्र बैंकका अनुसार आगामी अक्टोबर १० तारिखसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ । यस्तै राष्ट्र बैंकले प्रतिबोलपत्र २० हजार रुपैयाँ अर्थात १४४ अमेरिकी डलर, १२३ युरो वा १०७ पाउन्ड स्टेर्लिङ शुल्क लाग्ने जनाएको छ ।
राष्ट्र बैंकले यसअघि योग्य ठहर गरेका बिडरले मात्रै बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।