मंगलवार, आश्विन २८,२०८२ 04:58:05
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 04:58:05
IME remit
Global IME Bank Limited

नेपालमा कति परिणामसम्म विदेशी मुद्रा भित्र्याउन र बाहिर लैजान पाइन्छ ?

Hyundai Nepal
नेपालमा कति परिणामसम्म विदेशी मुद्रा भित्र्याउन र बाहिर लैजान पाइन्छ ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी नगद मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजानेसम्बन्धी सूचना जारी गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले यससम्बन्धी सूचना जारी गरेको हो ।  

जसअन्तर्गत नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५ हजारबराबर हुन आउने भारतीय रुपैयाँसम्म र यस बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजारबराबर सम्म) भन्सार घोषणा बिना नेपालमा भित्र्याउन सक्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ । 

Shivam Cement
Bizshala
CG Motors

सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था रहेको छ ।  राष्ट्र बैंकबाट मिति २०७५ असार ३२ र २०७५ चैत २६ मा प्रकाशित सूचनाहरु बमोजिम गर्नु÷गराउन विदेशी विनिमय (नियमित गर्ने( ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी पुनः सूचना प्रकाशित गरिएको केन्दूीय बैंकले जनाएको छ ।  

विसं २०७५ पुस २३ गते नेपाल राजपत्रमा प्रकाशित सूचना (खण्ड ६८, संख्या ४७ भाग ५) बमोजिम कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबार गर्न तथा भारतीय रुपैयाँ २००, ५०० र २००० दरका नोट साथमा राख्न, ओसार पसार गर्न र कारोबार गर्न नपाइने व्यवस्था रहेको समेत सूचनामा उल्लेख छ ।  

साथै, नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको व्यहोरा समेत पुनः जानकारी गराइएको छ । 

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.