काठमाण्डौ । सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २४ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २४ लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो ।
यस प्रयोजनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र सनराइज होल्डिङ्गस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास सिलवालले हस्ताक्षर गरे ।
सनराइज होल्डिङ्गस् लिमिटेड २०७१ सालमा स्थापित एक नेपाली लगानी कम्पनी हो । जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरुमा केन्द्रित छ । निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ सर्वसाधारणको लागि सेयर निष्काशन गर्न लागेको हो ।