Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सलिकोसहित १४ बीमा कम्पनीको सेयरभाउ घट्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए

Global IME Bank Limited
सलिकोसहित १४ बीमा कम्पनीको सेयरभाउ घट्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३ विन्दुमा पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ९ वटा समूहमा हरियाली छाएको छ भने ४ वटा समूह राताम्य भएका छन् ।  

बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०५ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा समूह ०.१० प्रतिशतले बृद्धि भएको छ ।  

आज ११ वटा बीमा कम्पनीको सेयरभाउ बृद्धि भएको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्नेमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.३६ प्रतिशतले बृृद्धि भई ७८३ रुपैयाँ ५० पैसा पुगेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, सुर्यज्योति लाइफको १.११ प्रतिशत, सानिमा जिआइसीको ०.९२ प्रतिशत, एलआइसी नेपालको ०.८८ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५४ प्रतिशत, हिमालयन एभरेष्टको ०.५० प्रतिशत, सिटिजन लाइफको ०.३९ प्रतिशत, आरबीसीएलको ०.३८ प्रतिशत, सन नेपाल लाइफको ०.१६ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ०.०८ प्रतिशतले सेयरभाउ बढेको छ ।  

त्यस्तै आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने बीमा कम्पनीमा सलिको रहेको छ । कम्पनीको सेयरभाउ १.५२ प्रतिशलते घटेर ६८२ रुपैयाँ कायम भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफको ०.८८ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.८४ प्रतिशत, नेपाल रि को ०.६५ प्रतिशत, एनएलजीको ०.६३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६१ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.५६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५५ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.५२ प्रतिशत, युनाइटेड अजोडको ०.५१ प्रतिशत, आइएमई लाइफको ०.३७ प्रतिशत, हिमालयन लाइफको ०.२४ प्रतिशत, नेशनल लाइफको ०.१८ प्रतिशत र नेपाल लाइफको ०.१६ प्रतिशतले सेयरभाउ घटेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.