काठमाण्डौ । उपभोक्ता इलेक्ट्रोनक्सि र स्मार्ट टेक्नोलोजी कम्पनी टिसीएलले नेपालमा पहिलो पटक घरेलु मनोरञ्जनमा आफ्नो नयाँ आविष्कार ९८ इन्चको क्यु.डि–मिनी एल.ई.डि. टिभी ल्याएको छ । ठूलो ९८ इन्चको स्क्रनि साइजको साथ, ९८ इन्चको क्यु.डि–मिनी एलइडि टिभी नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
टिसिएलको स्वामत्विमा रहेको क्वान्टम डट टेक्नोलोजीद्वारा सञ्चालित, टिभीले १ अर्बभन्दा बढी जीवन्त र सटीक रंगहरू प्रदर्शन गर्ने कम्पनीले दाबी गरेको छ । डिसिआई–पि३ मानक अनुसार ९६ इन्च सम्मको फराकिलो रङ भोल्युम प्रदान गर्छ ।
९८ इन्चको क्यु.डि–मिनी एल.ई.डि. टि.भी. का मुख्य विशेषताहरू:
–५०० भन्दा बढी क्षेत्रहरू सहति पूर्ण एरे स्थानीय डमिङिस् सम्पूर्ण स्क्रनिलाई ५०० भन्दा बढी जोनहरूमा राम्रोसँग विभाजित गरएिको छ,
–एचडिआर. १३०० निट्स ले एच.डि.आर. १३०० निट्स प्राप्त गर्दछ जसले वास्तवमै इमर्सिभ अवलोकन अनुभवको लागि आश्चर्यजनक चमक र कन्ट्रास्टको ग्यारेन्टी दिन्छ
–एआई पिक्चर क्वालिटी प्रोसेसरस् एआई(संचालति प्रोसेसरले प्राकृतकि संसार जस्तै जीवन्त रंग, उत्कृष्ट कन्ट्रास्ट र क्रिस्टल स्पष्टताका साथ दृश्यहरू पुर्न उत्पादन गर्दै छवि गुणस्तर बुझ्छ र अप्टिमाइज गर्दछ।
–ओन्क्यो २.० सिएच. ५० वाट हाई–फाई को अडियो टेक्नोलोजीसँग जोडिएको, क्यु.डि–मिनी एल.ई.डि. टि.भी.ले मनमोहक स्टेरियो साउन्ड र बास नोटहरू प्रदान गर्दछ, जसले होम थियेटरको अनुभवलाई नयाँ उचाई दिन्छ
–गेमिङ मास्टर २.० सँग सुसज्जित, ए.एम.डि. फ्रिसिन्क प्रिमियस प्रो लेविना कुनै रुकावटबीना गेमङि प्रदर्शन प्रदान गर्दछ
–स्लिमि र युनिबडी डिजाइन यसको स्लिम प्रोफाइल र सिमलेस प्यानलको साथ, टिभीमा कुनै पनि वातावरणमा सहज रूपमा एकीकृत हुन्छ

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                