• आईतवार, भाद्र २९,२०८२ 01:45:09
Global IME Bank Limited

जेनजी प्रदर्शनमा मृत्यु भएकालाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिइने

Hyundai Nepal
जेनजी प्रदर्शनमा मृत्यु भएकालाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिइने

काठमाण्डौ । गत सोमबार देशभरि भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको परिवारलाई सरकारले राहतस्वरूप १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आइतबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्ने क्रममा गरिएको घोषणा अनुसार, मृतकलाई सहिदका रूपमा सम्मान गरिने छ भने घाइतेहरूको उपचार निःशुल्क रूपमा सरकारले बेहोर्ने जनाएको छ।

कार्कीले शपथपछि गरेको पहिलो सम्बोधन प्रत्यक्ष प्रसारण गरिएको थियो। सो अवसरमा उनीहरूले जनताको पीडा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गरेकी थिइन्।

जेनजी समूहको आह्वानमा भएको आन्दोलनमा प्रदर्शनकारीहरूले संसद भवन घेराउ गर्दा सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए। सो घटनामा ७२ जनाले ज्यान गुमाएका छन्। मृतकमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदी र ३ जना प्रहरी रहेका छन्।

यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी गरी १९१ जना अहिले उपचाररत छन्। सरकारले विभिन्न मन्त्रालयलाई क्षतिको पूर्ण विवरण संकलन गरी राहत र पुनर्स्थापना प्रक्रियालाई तीव्र बनाउन निर्देशन दिएको पनि जानकारी दिइएको छ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.