काठमाण्डौ । राजधानीको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको स्थलमा ६ वटा मानव कंकाल फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार कंकालहरू जलेको अवस्थामा भेटिएका हुन् र तत्काल पहिचान गर्न नसकिने स्थिति छ।
प्रहरीले शवको वास्तविक पहिचान डीएनए परीक्षणपछि मात्र सम्भव हुने जनाएको छ।
गत २३ भदौमा जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित विभिन्न क्षेत्रमा प्रहरी–प्रदर्शनकारीबीच झडप हुँदा २१ जनाको मृत्यु भएको थियो। त्यसपछिका दिनहरूमा आन्दोलन झन् उग्र बन्दै २४ भदौमा देशभर तोडफोड र आगजनीका घटना भएका थिए।
यी घटनाहरूपछि हालसम्म मृत्यु हुनेको संख्या ५८ पुगेको विवरण सार्वजनिक भएको छ।