• सोमबार, भाद्र ३०,२०८२ 11:42:39
Global IME Bank Limited

जेनजी आन्दोलनको घाउ आलै छ, बढ्यो असन्तुष्टि: सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ समूहको प्रदर्शन

Hyundai Nepal
जेनजी आन्दोलनको घाउ आलै छ, बढ्यो असन्तुष्टि: सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ समूहको प्रदर्शन

काठमाण्डौ । जेनजी आन्दोलनपछि चर्चामा रहेका सुदन गुरुङ नेतृत्वको समूहले आइतबार राति बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि नाराबाजी गरेको छ ।  

सो समूहले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफूहरुसँग सल्लाह नगरी मन्त्रीहरुको नाम फाइनल गरेको भन्दै राजीनामा माग्दै प्रदर्शन गरेको हो ।  

मन्त्रीपरिषद् गठनमा असन्तुष्टि जनाउँदै प्रदर्शनकारीहरूले रातभर नाराबाजी गरेका थिए। उनीहरूले विशेषगरी अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्रीसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको निर्णयलाई आपत्ति जनाए। सुदन गुरुङले “हामीलाई फेरि सडकमा आउन बाध्य पारिए कसैले रोक्न सक्दैन” भन्दै चेतावनीसमेत दिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रदर्शनको क्रममा “मुर्दामाथि राजनीति नगर” भन्ने नारा गुञ्जिएको थियो। एक प्रदर्शनकारीले आन्दोलनलाई कतिपय साथीहरूले ‘हाइज्याक’ गरेको आरोपसमेत लगाएका थिए।

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकै दिन आइतबार तीन जना व्यक्तिलाई मन्त्रीको जिम्मेवारी तोकेकी थिइन्: ओमप्रकाश अर्याल (गृह तथा कानुन), पूर्वअर्थसचिव डा. रामेश्वर खनाल (अर्थ) र कुलमान घिसिङ (भौतिक पूर्वाधार, ऊर्जा तथा सहकारी)लाई। यी नाम राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरिएको र सोमबारै शपथ गराउने तयारी भएको शीतल निवास स्रोतले जनाएको छ।

जेनजी आन्दोलनकै कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम प्रधानमन्त्री बनेकी हुन्। ओली नेतृत्वको सरकारले दर्ता नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै भदौ २३ गतेदेखि देशभर आन्दोलन सुरु भएको थियो।

सरकारी दमनमा काठमाडौँ र विराटनगरमा मात्रै १९ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भए। त्यसको भोलिपल्टै आक्रोशित भीडले नेताहरूका घरदेखि सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतसम्म आगजनी गरेपछि ओलीले राजीनामा दिनुपरेको थियो।

स्थिती नियन्त्रणबाहिर गएपछि शीर्ष नेताहरूलाई सेनाले सुरक्षित स्थलमा लग्नुपरेको थियो। त्यसपछि जेनजी आन्दोलनका प्रतिनिधिहरूसँगको वार्ता र सेना प्रमुख अशोकराज सिग्देलको पहलमा भदौ २७ गते राति राष्ट्रपति पौडेलले सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए। त्यही दिन संसद् विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिएको हो।

अन्तरिम सरकारका अनुसार जेनजी आन्दोलनमा हालसम्म ७२ जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते अझै उपचाररत छन्।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.