• बिहीबार, आश्विन २,२०८२ 05:27:18
Global IME Bank Limited

इन्टरनेशनल कार्ड नेटवर्कबाट राजश्व भुक्तानीको सुरुवात

Hyundai Nepal
इन्टरनेशनल कार्ड नेटवर्कबाट राजश्व भुक्तानीको सुरुवात
Shivam Cement

काठमाण्डौ । असोज २ गते बिहिबारको दिन नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल तथा मुख्य सचिव एकनारायाण अर्यालबाट राजश्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आवद्धताको शुभारम्भ सम्पन्न भयो ।  

राजश्व व्यवस्थापन प्रणालीमा इन्टरनेशनल कार्ड नेटवर्कको अन्तर आवद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटककालागि रावश्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई पेपरलेस, फेसलेस बनाउनुका साथै चौविसै घण्टा सातै दिन सेवा प्रवाह सुनिश्चित हुनुका साथै राजश्व संकलन द्रुत, पारदर्शी,अन्तर्राष्ट्रिय, पहुँचयुक्त र सेवाग्राहीमैत्री हुने गई डिजिटल इकोनोमी को प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा नेपाल सरकारले लिएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड, अलिपे लगायतका इन्टरनेशनल कार्ड नेटवर्क मा आवद्ध कार्डहरुमार्फत नेपाल सरकार अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुनेछ । यसले त्रिभुवन विमानस्थल लगायतबाट प्रवेश गर्ने पर्यटकहरुले सहज रुपमा यो सेवा लिन सुरु भएको छ ।  

यो सेवा हाललाई अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन सम्बन्धी राजश्व भुक्तानीमा सुरुवात भएता पनि आगामी दिनमा नेपाल सरकारका अन्य निकायहरुमा पनि विस्तार हुँदै जानेछ ।      

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.