काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
अख्तियारका अनुसार जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कण्डेललाई पक्राउ गरिएको हो।
पोखरा कार्यालयबाट खटिएको अख्तियारको टोलीले शनिबार उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
पक्राउका क्रममा कण्डेलको साथबाट स्रोत नखुलेको थप २१ हजार ७० रुपैयाँसमेत बरामद भएको अख्तियारले जनाएको छ।
अख्तियारले प्रारम्भिक अनुसन्धानका आधारमा घुस लेनदेन भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

