आईतवार, जेष्ठ ३१,२०८३ 03:30:16
Bizshala
  • आईतवार, जेष्ठ ३१,२०८३ 03:30:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हुम्लामा मानसरोवर–कैलाश यात्रु बढे, सिमकोट–हिल्सा रुटमा पर्यटन चहलपहल तीव्र

Laxmi Sunrise Bank Limited
हुम्लामा मानसरोवर–कैलाश यात्रु बढे, सिमकोट–हिल्सा रुटमा पर्यटन चहलपहल तीव्र
Shivam Cement

काठमाण्डौ । पर्यटकीय सिजन शुरु भएसँगै हिमाली जिल्ला हुम्लामा धार्मिक पर्यटनको चहलपहल तीव्र बनेको छ।  

सिमकोट विमानस्थल हुँदै हिल्सा नाका भएर चीनको ताक्लाकोट र मानसरोवर–कैलाश दर्शनका लागि जाने भारतीय पर्यटकको संख्या ३ हजार ७ सयभन्दा बढी पुगेको छ।

Bizshala
New Office
CG Motors

शुरु भएको सिजनयता हालसम्म ३ हजार ७८० भारतीय पर्यटक हुम्ला आइपुगेका छन्।

तीमध्ये १ हजार ८९२ महिला र १ हजार ८८८ पुरुष रहेको प्रहरीले जनाएको छ।  

वैशाख ३० गतेदेखि सुरु भएको आगमन २३ दिनमै उल्लेख्य रूपमा बढेको हो।

प्रहरी निरीक्षक विष्णु श्रेष्ठका अनुसार दैनिक ८० देखि २०० जनासम्म पर्यटक नेपालगन्ज–सिमकोट हुँदै हिल्सा मार्ग प्रयोग गरेर मानसरोवरतर्फ प्रस्थान गरिरहेका छन्।

पर्यटक आगमन बढेसँगै सिमकोट र आसपासका होटलहरू भरिभराउ भएका छन्।  

होटल विजय, कैलाश, मानसरोवर, कर्णाली रिसोर्ट, हुम्ला रिसोर्ट लगायतका होटलमा उच्च बुकिङ देखिएको छ।

पर्यटन गतिविधि बढेसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको छ।  

होटल व्यवसायीहरूको आम्दानी बढेको छ भने ३० भन्दा बढी भरियाहरूले विमानस्थलदेखि होटलसम्म झोला बोक्ने काम पाएका छन्।

स्थानीय किसानका उत्पादनले पनि बजार पाउन थालेको छ, जसले ग्रामीण अर्थतन्त्रमा थप चलायमानता ल्याएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

बढ्दो पर्यटक चापलाई व्यवस्थापन गर्न निजी एयरलाइन्सहरूले दैनिक उडान संख्या बढाएका छन्।  

ताराको १, सीताको २ र समिट एयरका ३ जहाज गरी ६ वटा विमानले नेपालगन्ज–सिमकोट रुटमा नियमित उडान गरिरहेका छन्।

त्यसैगरी, सिमकोट विमानस्थलबाट हिल्सासम्म यात्रु ओसार्न ६ वटा कम्पनीका हेलिकोप्टरहरू बिहान साढे ६ बजेदेखि बेलुका ७ बजेसम्म निरन्तर सञ्चालनमा छन्।

पर्यटकको आवागमन सिमकोट मात्र नभई सीमावर्ती हिल्सा क्षेत्रमा समेत बढेको छ।  

त्यहाँ पनि होटल व्यवसाय र भरियाहरूको आम्दानीमा सुधार आएको स्थानीय व्यवसायीहरूले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार पर्यटकको अत्यधिक चापका कारण कहिलेकाहीँ सिमकोट विमानस्थलमा उडान व्यवस्थापनमा ट्राफिक जामजस्तै अवस्था समेत देखिन थालेको छ।

मानसरोवर–कैलाश यात्राका कारण हुम्लाको सिमकोट–हिल्सा रुट धार्मिक पर्यटनको प्रमुख केन्द्र बन्दै गएको छ।  

बढ्दो पर्यटक आगमनले स्थानीय रोजगारी र व्यवसायमा उत्साह ल्याए पनि पूर्वाधार व्यवस्थापनमा थप सुधारको आवश्यकता देखिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.