काठमाण्डौ । अर्थ मन्त्रालय अन्तर्गतका निकायका कर्मचारीहरुले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने भएको छ। अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्थ मन्त्रालय अन्तर्गतका निकाय, विभाग, बैंक तथा वित्तीय संस्था लगायतका कर्मचारीहरूले घुस मागेमा अर्थ मन्त्रालयमा सिधै जानकारी दिन सकिने जनाएको हो।
सूचनामा यी निकायबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपरेको कार्य नगरे, नगर्नु परेको कार्य गरे वा अनुचित कार्यको लागि दबाब दिएको वा घुस तथा रिसवत माग गरेको लगायतका कुनैपनि प्रकारका ढिलासुस्ति वा सेवा प्रवाहमा कठिनाई भए सम्पर्क गर्न भनिएको हो।
यस्तै, अर्थमन्त्री खनालको इमेल [email protected], मन्त्रालयको इमेल [email protected] र हटलाइन १८१०५०००४०१ मा सम्पर्क गर्न सकिने छ।
उपसचिव निरन भट्टराई र शाखा अधिकृत पवित्रा ज्ञवालीलाई समेत सम्पर्क गर्न सकिने जनाइएको छ ।