काठमाण्डौ । सरकारले अनावश्यक खर्च कटौती गर्ने उद्देश्य स्वरुप अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
यससँगै सरकार, प्रदेश, स्थानीय तह, संस्थान, प्रतिष्ठान र निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा जान पाइने छैन । त्यस्तै, अन्तर्राष्ट्रिय सभा सम्मेलनमा सरकार प्रमुखको नेतृत्वमा जाने प्रतिनिधिमण्डल बढीमा १० जना र सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना मात्र सदस्य जना पाउने निर्णय समेत गरिएको छ ।
यसैगरी अत्यावश्यक बाहेकका तालिम, गोष्ठी तथा सेमिनार सञ्चालन समेत गर्न नपाइने भएको छ । यस्ता तालिम गोष्ठी गर्नु परेमा पनि सरकारी हलहरु वा भर्चुअल माध्यमबाट गर्नुपर्नेछ ।