आईतवार, असार १४,२०८३ 12:05:16
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:05:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूको सेवा सुविधा खोस्न पत्राचार

Laxmi Sunrise Bank Limited
पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूको सेवा सुविधा खोस्न पत्राचार

काठमाण्डौ । अर्थ मन्त्रालयले पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूको सेवा सुविधा खोस्न पत्राचार गरेको छ । अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गर्दे कानून बमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न/गराउन असोज १० गते पत्राचार गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

मन्त्रिपरिषको असोज ५ गते बसेको बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गराउन र कानून बमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सुविधा स्थगन गर्ने निर्णय गरेको थियो ।  

सोही निर्णय कार्यान्वयन गराउन अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.