शनिबार, असार १३,२०८३ 05:03:46
Bizshala
  • शनिबार, असार १३,२०८३ 05:03:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल घुम्न आएका २० हजार पर्यटक अलपत्र: पर्यटन बोर्डले भन्यो-'बास दिनू, धेरै शुल्क नलिनू'

Laxmi Sunrise Bank Limited
नेपाल घुम्न आएका २० हजार पर्यटक अलपत्र: पर्यटन बोर्डले भन्यो-'बास दिनू, धेरै शुल्क नलिनू'

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले बदलिँदो प्राकृतिक अवस्थाका कारण पर्यटक, टुर अपरेटर र स्थानीय समुदायलाई सतर्क रहन आग्रह गरेको छ। बोर्डले जारी गरेको सूचनामा पर्यटकीय क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरण गर्न आवश्यक सावधानी अपनाउन सबै पक्षलाई निर्देशन दिइएको छ। हाल देशभरि करिब २० हजार पर्यटक घुमिरहेको अवस्थामा यो सूचना विशेष रूपमा महत्त्वपूर्ण मानिएको छ।

New Office
CG Motors
Garima Development Bank

बोर्डका अनुसार, पर्यटकहरूले आधिकारिक मौसम पूर्वानुमान र यात्रा अपडेटहरू अनुसरण गर्नुपर्छ। दर्ताप्राप्त कम्पनी र अनुमतिप्राप्त गाइडहरूसँग मात्र यात्रा गर्न सुझाव दिइएको छ। सडकको अवस्था तथा गन्तव्य पुग्ने बाटोबारे पूर्वजानकारी लिन र आवश्यक परे पर्यटक प्रहरीको हटलाइन ११४४ मा सम्पर्क गर्न आह्वान गरिएको छ। बोर्डले पर्यटकहरूलाई यस्ता सावधानीहरू अपनाउन नचुकेमा यात्रामा कठिनाइ हुन सक्ने चेतावनी पनि दिएको छ।

टुर अपरेटरहरूलाई पर्यटकहरूलाई मौसमी अवस्थाबारे नियमित अपडेट दिन निर्देशन दिइएको छ। ड्राइभर र गाइडहरूसँग निरन्तर सम्पर्कमा रहन र उनीहरूलाई सुरक्षित आवागमन सुनिश्चित गर्न भनिएको छ। यात्रा सुरु हुनुअघि नै रुटको प्रमाणीकरण गरी अवस्थाबारे जानकारी दिनुका साथै स्थानीय सरकारी अधिकारीहरू र आपतकालीन उद्धारकर्ताहरूको सूची तयार पार्न पनि अपरेटरहरूलाई सुझाएको छ। यसले पर्यटकीय यात्रालाई थप सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, स्थानीय समुदायलाई पर्यटकहरूलाई आवश्यक सहयोग प्रदान गर्न बोर्डले विशेष अपिल गरेको छ। पर्यटकसँग अतिरिक्त शुल्क नलिन, सम्भव भएसम्म खाना, आवास र अन्य सहायता उपलब्ध गराउन अनुरोध गरिएको छ। बोर्डका एक अधिकारीले भने, “हालको मौसमी परिवर्तनले हिमाली तथा पहाडी क्षेत्रमा जोखिम बढाएको छ। सबैको सहकार्यले पर्यटकहरूलाई सुरक्षित राख्न सकिन्छ।”

नेपालमा पर्यटन क्षेत्र आर्थिक रूपमा महत्त्वपूर्ण रहँदा यस्ता सूचनाहरूले पर्यटकीय गतिविधिलाई प्रभावकारी बनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ। थप जानकारीका लागि नेपाल पर्यटन बोर्डको आधिकारिक वेबसाइट वा सम्पर्क नम्बरहरू प्रयोग गर्न सकिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.