बुधबार, असार १०,२०८३ 08:14:46
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:14:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जेनजी समूहद्वारा अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग

Laxmi Sunrise Bank Limited
जेनजी समूहद्वारा अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग

काठमाण्डौ । जेनजी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरेको छ । जेनजी मुभमेन्ट अलाइन्सले सोमबार एक इमेल पठाउँदै प्रमुख आयुक्त राईसहित सबै आयुक्तको राजीनामा मागेको हो ।  

पत्रमा भदौ २३ गते भएको जनेजी आन्दोलनका मुख्य माग भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य रहेको उल्लेख गर्दै यी माग पूरा गर्न आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नियुक्ति गर्न आवश्यक रहेको उल्लेख छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै प्रमुख आयुक्त राई लगायत सबै आयुक्तको नियुक्ति संसदीय सुनुवाइबिना नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी गरेकाले यसले निष्पक्षतामा ठूलो प्रश्न उठाएको जेनजी समूहको भनाई छ ।  

‘तपाईंका कार्यहरु राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको आफ्नै नाम वाईंड बडी घोटालालगायत धेरै भ्रष्ट्राचारका मुद्दाहरुमा मुछिएको पनि छ । विशेष अदालतले समेत स्पष्ट रूपमा तपाईं र सिङ्गो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणाली माथि प्रश्न उठाएको छ । यसले भ्रष्ट्राचार अन्त्य र दोषीलाई कारबाही लगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला । तपाईंको नेतृत्वमा यी कार्यहरु निष्पक्ष रुपले हुनसक्ला भन्नेमा कुनै विश्वसनिय आधार छैन,’ पत्रमा भनिएको छ, ‘यस कारण, ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य गर्नका लागी दिएको शाहदतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईं लगायत सम्पुर्ण आयुक्तलाई तत्काल राजिनामा दिनका लागी आह्वानका साथै यस पत्र मार्फत दबाब दिन्छौं ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.