शुक्रबार, असार १२,२०८३ 02:16:46
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:16:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्विट्जरल्याण्ड–नेपाल ‘फ्याक्ट मिशन सम्पन्न’, स्विस रि जस्ता ठूला कम्पनीहरुको सहभागीता

Laxmi Sunrise Bank Limited
स्विट्जरल्याण्ड–नेपाल ‘फ्याक्ट मिशन सम्पन्न’, स्विस रि जस्ता ठूला कम्पनीहरुको सहभागीता

काठमाण्डौ । स्विट्जरल्याण्ड दुतावासले ग्लोबल इन्टरप्राइजेज र नेपाल स्विस चेम्बर अफ कर्मस(एनएससीसीआई)सँगको सहकार्यमा दोस्रो ‘फ्याक्ट–फाइन्डिङ मिशन’ सम्पन्न गरेको छ । यो मिशन १७ मार्च देखि २० मार्चसम्म स्विट्जरल्याण्डको व्यवसायी प्रतिनिधिमण्डले गरेको नेपाल भ्रमणको अवसरमा सञ्चालन गरिएको हो ।  

मिशनको मुख्य उदेश्य स्वीस कम्पनीहरुलाई नेपाली बजार र बजारका प्रमुख सरोकारवालाहरुसँग साक्षात्कार गराउनु रहेको थियो । यसमा फेरिङ,रोचे,स्टोन स्टेप र स्विस रि जस्ता कम्पनीहरुको सहभागीता रहेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

प्रतिनिधिमण्ड स्वास्थ्य मन्त्रालय,काठमाण्डौ महानगरपालिका,औषधि व्यवस्थापन विभाग,नेपाल विद्युत प्राधिकरण,राष्ट्रिय सार्वजनिक स्वास्थ्य प्रयोगशाला,स्वास्थ्य सेवा विभाग,विकास साझेदार,विभिन्न सार्वजनिक तथा निजी अस्पताल र कार्यालयहरुसँग उच्च तहको बैठकमा संलग्न रहेको थियो ।

यसका साथै प्रतिनिधिमण्डले स्वास्थ्य,बीमा प्रविधि र पूर्वाधार विकास जस्ता क्षेत्रमा केन्द्रीत निजी क्षेत्रका विभिन्न कम्पनीसँग समेत अन्तरक्रिया गरेको थियो ।  

उक्त अवसरमा स्विट्जरल्याण्डका राजदुत डा.ड्यानियल म्युवेलीले सन् २०२२ मा भएको पहिलो‘फ्याक्ट–फाइन्डीङ मशनको सफलताको चर्चा गरेकी थिइन् । उनले त्यसबेला नेपाल र स्विट्जरल्याण्डबीच भएको हवाई सेवा सम्झौताका बारेमा चर्चा गरिन् । उनले दोस्रो संस्करणले पनि नेपालको विकासका लागि व्यपारमा सहयोग पुग्ने यस्तै सफल नतिजा ल्यनाउनेमा आशावादी रहेको बताईन् ।  

सरकारी अधिकारी,विज्ञ ,विकास साझेदार र निजी कम्पनीहरुसँग भएको अर्थपूर्ण सम्वाद तथा छलफललाई स्विस प्रतिनिधिमण्डलले नेपालको व्यवसायिक क्षेत्र बुझ्न र लगानीका क्षेत्रहरु पहिचान गर्ने माध्यमको रुपमा ग्रहण गरेको छ ।        

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.