Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सुनको मूल्यमा उछाल,पुग्यो अहिलेसम्मकै उच्च विन्दुमा

Global IME Bank Limited
सुनको मूल्यमा उछाल,पुग्यो अहिलेसम्मकै उच्च विन्दुमा
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य २.२३ प्रतिशत अर्थात प्रतिऔंस ४८.११ डलरले वृद्धि भएको हो । यससँगै सुनको मूल्य अन्तराष्ट्रिय बजार प्रतिऔंस २ हजार २०५.२४ डलर पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।  

सुनसँगै चाँदीको मूल्यमा पनि उछाल आएको छ । चाँदीको मूल्य प्रतिऔंस ३.२६ प्रतिशत अर्थात ०.८२ डलरले वृद्धि भएको छ । चाँदीको मूल्य प्रतिऔंस २५.७ डलर कायम भएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड)ले यस वर्ष ब्याजदरमा ३ प्रतिशतसम्मको कटौती गर्ने सम्भावना उच्च रहेकाले सुनको मूल्यमा वृद्धि भएको हो । ब्याजदरमा कमी आउने सम्भावना उच्च भएपछि लगानीकर्ताले सुनको खरिद बढाएका छन् । खरिद चाप उच्च भएका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको हो । फेडको बुधबार बसेको बैठकले हालका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । तर फेडका प्रमुख जेरोमी एच पावेलले यस वर्ष ३ प्रतिशतसम्म ब्याजदर कटौती हुनसक्ने संकेत दिएका छन् । उनले कटौतीको मिति उल्लेख नगरेपनि अर्थतन्त्र कुन रुपमा अघि बढ्छ भन्ने कुरामा निर्भर रहने बताए ।  

फेडले बुधबार ब्याजदर ५.२५ देखि ५.५ प्रतिशत नै कायम गरेको छ । जुन २३ वर्षकै उच्च हो । अमेरिकामा मुद्रास्फिती उच्च रहेकाले यस वर्ष फेडले थुप्रै पटक  ब्याजदरमा कटौती गर्न सक्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.