काठमाण्डौ । सिटि होटल लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको ८० प्रतिशत हकप्रद सेयर निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले कात्तिक ११ गते बाँडफाँड गरेको हो ।
कम्पनीले गत साउन २६ गतेसम्म कायम सयेरधनीका लागि भदौ २३ गतेदेखि असोज २६ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका ४९ हजार १८५ जना आवेदकलाई १ करोड १२ लाख ४१ हजार ५८२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये २१ लाख ५० हजार ४१८ कित्ता सेयर भने अवितरित रहेको छ ।
आफ्नो कायम हकभन्दा बढी सेयर माग राखि दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँडमा नपरेको हकप्रद सेयर बापतको रकम कात्तिक १२ गतेदेखि आईपीएसमार्फत आवेदकहरुको बैंक खातामा जम्मा गरिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

