आईतवार, चैत्र १,२०८२ 06:59:26
Bizshala
  • आईतवार, चैत्र १,२०८२ 06:59:26
Bizshala
Global IME Bank Limited

सेयर धितो राखेर लगानीकर्ताले लिए रु.१.५६ खर्ब लोन, कुनबाट कति ?

Hyundai Nepal
सेयर धितो राखेर लगानीकर्ताले लिए रु.१.५६ खर्ब लोन, कुनबाट कति ?
Shivam Cement

काठमाण्डौ । सेयर धितो राखेर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट डेढ खर्ब कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनासम्ममा सेयर लगानीकर्ताहरुले बैंक वित्तीय संस्थाबाट आफ्नो स्वामित्वको सेयर धितो राखेर १ खर्ब ५६ अर्ब १५ करोड ४७ लाख रुपैयाँ बराबरको लोन लिएका हुन् ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३५.६६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बैक वित्तीय संस्थाबाट १ खर्ब १५ अर्ब १० करोड ९७ लाख रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको थियो ।  

बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ । लगानीकर्ताहरुले आफ्नो नाममा भएको सेयर बैंक वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।  

धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या बढेसँगै बैंक वित्तीय संस्थाबाट यस्तो प्रकृतिको कर्जा प्रवाह बृद्धि भएको हो ।

सो अवधिसम्म वाणिज्य बैंकहरुबाट मात्रै १ खर्ब ३३ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४२.९० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुबाट ९३ अर्ब १२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

वाणिज्य बैंकहरुमा नेपाल बैक  र सिटिजन्स बैंक बाहेक सबैले यस्तो कर्जा प्रवाह उल्लेख्य बढाएका छन् । सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नबिल बैंक रहेको छ । बैंकले १७ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेको छ ।  

त्यस्तै, विकास बैंकहरुबाट ७ महिनासम्ममा १९ अर्ब ८९ करोड २८ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ११.१८ प्रतिशत बढी हो । गत आवको ७ महिनासम्ममा विकास बैंकहरुबाट १७ अर्ब ८९ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

फाइनान्स कम्पनीहरुको यस्तो कर्जा प्रवाह भने २२.१६ प्रतिशतले घटेको छ । चालु आवको माघ मसान्तसम्म फाइनान्स कम्पनीहरुले ३ अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो रकम गत आवको तुलनामा २२ प्रतिशत कम हो ।  

गत आवको माघ मसान्तसम्म फाइनान्स कम्पनीहरुले ४ अर्ब ९ करोड २१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए । सो अवधिसम्म आइपुग्दा सेन्ट्रल फाइनान्स र नेपाल फाइनान्स बाहेक सबैको यस्तो कर्जा प्रवाह घटेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.