मंगलवार, असार ९,२०८३ 10:23:53
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:23:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा सामान्य अंकको सुधार, नयाँ अर्थमन्त्रीको पर्खाइमा लगानीकर्ता !

Laxmi Sunrise Bank Limited
नेप्सेमा सामान्य अंकको सुधार, नयाँ अर्थमन्त्रीको पर्खाइमा लगानीकर्ता !

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा उक्लिएको छ । आज सेन्सेटिभ इन्डेक्स समेत ०.०८ प्रतिशतले बढेको छ ।  

नेप्सेमा सूचीकृत ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज १३ उपसूचकमध्ये ९ समूहमा हरियाली छाएको छ भने ४ वटा समूहमा रातो रङ पोतिएको छ । सर्वाधिक बढ्ने समूहमा व्यापार समूह रहेको छ । यो समूहको आज २.८३ प्रतिशतले वद्धि भएको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.२१ प्रतिशत, विकास बैंक समूह ०.७४ प्रतिशत, फाइनान्स समूह ०.२२ प्रतिशत, हाइड्रो समूह ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१२ प्रतिशत, निर्जीवन बीमा समूह ०.१६ प्रतिशत र अन्य समूह ०.०३ प्रतिशतले बढेको छ ।  

आज घट्ने समूहहरुमा होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, लगानी समूहको ०.५४ प्रतिशत, जीवन बीमा समूह् ०.४६ प्रतिशत र म्युुचुअल फण्ड समूह ०.२५ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार शालिकराम ढकाल भन्छन्, ‘बजार बढ्नका लागि सबै पक्षहरु सकारात्मक भइकन पनि यतिबेला सेयर लगानीकर्ताहरु अझै पर्ख र हेरकै अवस्थामा रहेका छन् । विशेषगरी चुनावपछि मार्केट हल्ट भएका कारण केही दिनयता बजारमा करेक्सन देखिएको थियो, त्यसयता बजार सामान्य सुधार देखिएको छ । लगानीकर्ताहरु अब नयाँ अर्थमन्त्रीको पर्खाइमा छन् । रास्वपाको सरकार बन्ने पक्कापक्की भएपछि अब अर्थमन्त्रीमा को आउला र समग्र अर्थतन्त्र सुधारका लागि कस्तो नीतिहरु ल्याउला भन्ने लगानीकर्ताहरुको जिज्ञासाको विषय बनेको छ, सम्झवतः केही दिनमै नयाँ अर्थमन्त्रीको टुंगो लाग्नेछ र लगानीकर्ताहरु निर्धक्कसँग बजारमा लगानी गर्नेछन् । त्यसपछि बजारले विस्तारै गति लिइहाल्छ ।’

New Office
CG Motors
Garima Development Bank

सर्वाधिक कमाउने कम्पनी  

आज सर्वाधिक कमाउने कम्पनीमा सोलु हाइड्रो र सालपा विकास बैंक रहेको छ । सोलुको सेयरभाउ १० प्रतिशलते बढेर ३३० रुपैयाँ पुगेको छ भने सालपाको ९.९९ प्रतिशतले बढेर १०४३ रुपैयाँ ४० पैसा पुगेको छ ।  

त्यस्तै, होटल फरेस्ट इनको ९.९३ प्रतिशत, ग्रीनलाइफ हाइड्रोको ९.५३ प्रतिशत, अभियान लघुवित्तको ५.३१ प्रतिशत, रिलायन्स स्पिनिङ मिल्सको ५.१५ प्रतिशत, मल्टीपर्पस फाइनान्सको ४.९२ प्रतिशत, युनिभर्सल पावरको ४.७१ प्रतिशत, त्रिशुलि जलविद्युतको ४.३९ प्रतिशत र हिमालयन हाइड्रोको ४.३१ प्रतिशतले बढेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक गुमाउने कम्पनी  

आज सर्वाधिक गुमाउने कम्पनीमा दरमखोला हाइड्रोपावर रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले घटेर ७२९ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, खानीखोला हाइड्रोको ५.१८ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ३.६६ प्रतिशत, थ्री स्टार हाइड्रोको ३.३५ प्रतिशत, हिमस्टार उर्जाको ३.३० प्रतिशत, एनआइबीएल स्टेबल फण्डको २.८६ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको २.८६ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको २.८४ प्रतिशत, नेशनल हाइड्रोपावरको २.८३ प्रतिशत र मुक्तिनाथ म्युचुअल फण्ड–१ को २.८० प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.