आईतवार, चैत्र १,२०८२ 07:46:21
Bizshala
  • आईतवार, चैत्र १,२०८२ 07:46:22
Bizshala
Global IME Bank Limited

ओप्पोको ‘ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग’ अभियान, स्मार्टफोन र रोयल इन्फिल्ड हन्टर ३५० जित्ने अवसर

Hyundai Nepal
ओप्पोको ‘ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग’ अभियान, स्मार्टफोन र रोयल इन्फिल्ड हन्टर ३५० जित्ने अवसर
Shivam Cement

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड ओप्पोले आगामी नेपाली नयाँ वर्षलाई लक्षित गर्दै ‘ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग’ अभियान सार्वजनिक गरेको छ । यस अभियानमार्फत देशभरका ग्राहकलाई साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिनुका साथै बम्पर पुरस्कार पनि प्रदान गरिनेछ ।  

नेपाली नयाँ वर्षलाई स्वागत गर्दै सञ्चालन गरिएको यो अभियान चार हप्तासम्म चल्नेछ । अभियान अवधिमा ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमा सहभागी भई विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्, । यस अभियानको उद्देश्य चाडपर्वको उत्साहलाई अझ बढाउनुका साथै ब्रान्डप्रति ग्राहकहरूले देखाउँदै आएको निरन्तर विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नु रहेको कम्पनीले जनाएको छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

अभियान अवधिभर प्रत्येक हप्ता एक जना भाग्यशाली ग्राहकलाई साप्ताहिक लक्की ड्र मार्फत ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ । लक्की ड्र तालिका अनुसार पहिलो हप्ता चैत्र ८ (आइतबार), दोस्रो हप्ता चैत्र १५ (आइतबार), तेस्रो हप्ता चैत्र २२ (आइतबार) र चौथो हप्ता चैत्र २९ (आइतबार) मा लक्की ड्र सञ्चालन हुनेछ, जसअन्तर्गत प्रत्येक हप्ता एक–एक वटा ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ ।  

पारदर्शिता कायम राख्न तथा जनविश्वास सुनिश्चित गर्न लक्की ड्र कम्पनीका आधिकारिक सामाजिक सञ्जाल प्लेफर्महरु मार्फत भिडियो लटरी प्रणालीद्धारा सञ्चालन गरिनेछ । विजेता छनोट प्रक्रिया सार्वजनिक रुपमा साझा गरिनेछ, जसबाट ग्राहकहरुले विजेता कसरी छनोट गरिन्छ भन्ने स्पष्ट रुपमा अवलोकन गर्न सक्नेछन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उक्त अभियानको समापन नेपाली नयाँ वर्षको अवसरमा चैत्र ३० मा आयोजना हुने बम्पर ड्रसँगै हुनेछ । यस बम्पर ड्रमार्फत एक जना भाग्यशाली विजेताले रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकल प्राप्त गर्नेछन्, जसले नयाँ वर्षको उत्सवलाई अझ विशेष र स्मरणीय बनाउनेछ ।  

ओप्पो नेपालका अनुसार नेपाली नयाँ वर्ष नविनता, उत्सव र नयाँ सुरुवातको प्रतीक हो । “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियानमार्फत कम्पनीले आफ्ना ग्राहकसँग उत्सवको खुशी साटासाट गर्न, अविस्मरणीय अनुभव सिर्जना गर्न तथा उनीहरूको निरन्तर समर्थनप्रति धन्यवाद व्यक्त गर्न चाहेको जनाएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.