काठमाण्डौ । भाट–भटेनी सुपरमार्केट अन्तर्गत पोखरास्थित सुपरस्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार, स्टोरले आजदेखि दैनिक रूपमा बिहान १० बजेदेखि नियमित सेवा प्रदान गर्नेछ। केही समयदेखि बन्द रहेको उक्त स्टोर पुनः सञ्चालनमा आएपछि स्थानीय उपभोक्ताहरूलाई सहज रूपमा किनमेल सेवा उपलब्ध हुने विश्वास गरिएको छ।
कम्पनीले ग्राहकहरूको सुविधा र सन्तुष्टिलाई ध्यानमा राख्दै आधुनिक सेवा तथा गुणस्तरीय सामग्री उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ। साथै, उपभोक्ताहरू, शुभेच्छुक तथा सरोकारवालाहरूबाट प्राप्त निरन्तर साथ, सहयोग र विश्वासप्रति कम्पनीले आभार व्यक्त गरेको छ।
भाट–भटेनी सुपरमार्केटले आगामी दिनहरूमा समेत सेवा विस्तार र गुणस्तर सुधारमा ध्यान केन्द्रित गर्ने जनाएको छ।

