बिहीबार, असार २५,२०८३ 07:22:07
Bizshala
  • बिहीबार, असार २५,२०८३ 07:22:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शाओमी १७ अल्ट्राले कैद गरेको ‘माउन्ट एभरेस्ट एक्सपिडिसन’ भिडियो सार्वजनिक

Laxmi Sunrise Bank Limited
शाओमी १७ अल्ट्राले कैद गरेको ‘माउन्ट एभरेस्ट एक्सपिडिसन’ भिडियो सार्वजनिक

काठमाण्डौ । विश्वप्रसिद्ध हिमाल आरोही गेल्जे शेर्पाले शाओमी १७ अल्ट्रा स्मार्टफोनबाट सगरमाथा आरोहणका क्रममा खिचेको ‘माउन्ट एभरेस्ट एक्सपिडिसन’ भिडियो सार्वजनिक भएको छ।

शाओमीले सार्वजनिक गरेको उक्त भिडियो सन् २०२६ को मे महिनामा गेल्जे शेर्पाले सगरमाथा आरोहणका क्रममा खिचेको वास्तविक दृश्यमा आधारित रहेको जनाएको छ। अत्यधिक चिसो, कम अक्सिजन, तीव्र हावा र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच शाओमी १७ अल्ट्राले आरोहणका दुर्लभ तथा भावनात्मक क्षणहरूलाई उच्च गुणस्तरमा कैद गरेको छ।

New Office
CG Motors
Garima Development Bank

गेल्जे शेर्पा विश्वप्रसिद्ध आरोही हुन्। उनको नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न अन्तर्राष्ट्रिय कीर्तिमानहरू समेत रहेका छन्। उनले प्रयोग गरेको शाओमी १७ अल्ट्राबाट खिचिएको भिडियोमा सगरमाथा आरोहणको वास्तविक संघर्ष, साहस र अनुभवलाई नजिकबाट प्रस्तुत गरिएको छ।

शाओमीका अनुसार यो भिडियो कुनै स्टुडियोमा निर्माण गरिएको कृत्रिम प्रस्तुति नभई हिमालको वास्तविक वातावरणमा खिचिएको दस्तावेज हो। भिडियोमा अनावश्यक संवाद वा बनावटी दृश्यभन्दा पनि आरोहणको वास्तविक अनुभूति र प्रकृतिको कठोरतालाई प्राथमिकता दिइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले यो अभियानलाई नयाँ फ्ल्यागशिप स्मार्टफोनको प्रविधि प्रदर्शन मात्र नभई प्रविधिले मानव सपना र साहसलाई अझ उचाइमा पुर्‍याउन सक्ने उदाहरणका रूपमा व्याख्या गरेको छ।

सगरमाथाजस्तो विश्वकै सर्वोच्च र कठिन प्राकृतिक परिवेशलाई परीक्षणस्थल बनाउँदै शाओमीले स्मार्टफोन क्यामेराको क्षमता, उपकरणको टिकाउपन र चरम परिस्थितिमा समेत प्रभावकारी प्रदर्शन गर्न सक्ने क्षमतालाई प्रस्तुत गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.