बिहीबार, असार २५,२०८३ 07:06:35
Bizshala
  • बिहीबार, असार २५,२०८३ 07:06:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल चाइना इन्भेष्टमेन्ट समिट : डिजिटल इन्फ्रास्ट्रचर र एआई नितिमा सहकार्य

Laxmi Sunrise Bank Limited
नेपाल चाइना इन्भेष्टमेन्ट समिट : डिजिटल इन्फ्रास्ट्रचर र एआई नितिमा सहकार्य

काठमाण्डौ । बेइजिङ्स्थीत नेपाली दुतावास र चाइना सरकारको चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेडले बेईजिङमा आयोजना गरेको नेपाल चाइना इन्भेष्टमेन्ट एण्ड ट्रेड समिटमा सहभागी चाइना र नेपालका उद्यमी ब्यवसायीले भरपर्दो डिजिटल इन्फ्रास्ट्रचर, दक्ष जनसक्तिको आदानप्रदान र एआईको सुरक्षित प्रयोगका लागि निति तथा साइवर सुरक्षामा सहकार्यमा जोड दिएका छन् । 

 ब्यवसायिक क्षेत्रको अग्रणी बिजनेस कन्सल्टीङ साझेदार नेपाल बिजनेस इन्ष्ट्रिच्युट ( एनबिआई) का कार्यकारी अध्यक्ष बिशाल गैरेले चिनिया लगानीकर्तालाई एआईर डिजिटल इन्फ्रास्ट्रचरमा लगानी गर्न आह्वान गर्दै एआई र डिजिटल प्रविधिको प्रयोगले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सावर्जनिक सेवा र आर्थिक बिकासमा उल्लेखनीय प्रगति हुने दावी गरे । 

New Office
CG Motors
Garima Development Bank

नयाँ सरकार बनेसँगै स्थिर सरकार र स्थिर निति बन्दै गएकाले नेपालको प्रचुर सम्भावनामा लगानी बढाउन आह्वान गरे । उच्च गतिको इन्टरनेट पँहुच, डेटा सेन्टर र क्लाउड पुर्वाधार, डिजिटल साक्षरता, साइवर सुरक्षा, एआई निति र कानुनी ब्यवस्था, सरकारी डिजिटल सेवा, स्थानीय भाषा र एआई, मानव स्रोतको बिकास र डिजिल अर्थतन्त्रबारे म्याच मेकिङ् सेसनमा अध्यक्ष गैरे प्रस्तुती दिएका थिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 चीनस्थीत एम्बासडर रिसिप्सनले समन्वय गरेको सोहि कार्यक्रममा चीनका लागि नेपाली दुतावासकी कार्यबाहक राजदुत रोशन खनालले नितिगत कठिनाइहरुको सम्बोधन र एफडिआईमार्फत नेपालमा लगानी गर्न चाहने चिनिया ब्यवसायीलाई गर्ने सहजीकरणबारे जानकारी गराइन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.