शुक्रबार, असार २६,२०८३ 04:25:13
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:25:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इन्फिनिटी लघुवित्तद्वारा दुर्गम क्षेत्रमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
इन्फिनिटी लघुवित्तद्वारा दुर्गम क्षेत्रमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा तथा कालिकोट जिल्लामा शैक्षिक सहयोग एवं वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । संस्थाको शाखा कार्यालय तकसेरा (रुकुम पूर्व), पेदीबजार (रुकुम पश्चिम) र बाघमारा (रोल्पा) मार्फत सञ्चालित शैक्षिक सहयोग कार्यक्रमअन्तर्गत विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत करिब ५०० जना विद्यार्थीलाई कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यार्थीहरूको पठनपाठनलाई थप सहज, गुणस्तरीय तथा प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

यसैगरी, शाखा कार्यालय पलाँता (कालिकोट) ले स्थानीय तहसँगको सहकार्यमा वित्तीय सचेतना अभियान अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । दुर्गम क्षेत्रका नागरिकहरूमा बचत, जिम्मेवार कर्जा उपयोग, वित्तीय अनुशासन तथा वित्तीय सेवाप्रतिको पहुँच र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रमहरू सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागितामा सम्पन्न भएका थिए । 

सहभागीहरूले शिक्षा र वित्तीय साक्षरतामा केन्द्रित यस्ता कार्यक्रमले विद्यार्थी तथा समुदायमा सकारात्मक सोच, जिम्मेवार वित्तीय व्यवहार र गुणस्तरीय शिक्षाप्रति थप प्रेरणा जगाउने विश्वास व्यक्त गरेका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इन्फिनिटी लघुवित्तले शिक्षा, वित्तीय समावेशीकरण तथा समुदायको दिगो विकासलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको अभिन्न अंगका रूपमा लिँदै आएको छ । 

संस्थाका अनुसार शिक्षामा गरिएको सानो लगानीले पनि दीर्घकालीन रूपमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वासका साथ यस्ता कार्यक्रमहरू सञ्चालन गरिएका हुन् । 

संस्थाले आगामी दिनहरूमा पनि शिक्षा, सामाजिक उत्थान, वित्तीय समावेशीकरण तथा समुदायको समग्र विकासमा योगदान पुर्याउने संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरूलाई अझ प्रभावकारी र व्यापक रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.