सोमबार, असार १५,२०८३ 07:53:30
Bizshala
  • सोमबार, असार १५,२०८३ 07:53:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेबोन अध्यक्ष बन्न चाहनेको संख्या ठूलो, हालसम्म कतिले दिए आवेदन ?

Laxmi Sunrise Bank Limited
सेबोन अध्यक्ष बन्न चाहनेको संख्या ठूलो, हालसम्म कतिले दिए आवेदन ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । विगतमा राजनीतिक प्रभावको आरोप खेप्दै आएको यो पदमा अहिले भने प्रोफेशनल प्रतिस्पर्धाको झल्को देखिएको छ।

अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेपछि विविध पृष्ठभूमिका विज्ञहरू दौडमा उत्रिएका छन्। सार्वजनिक बिदापछि आवेदन बुझाउने अन्तिम दिन अर्थात आज मन्त्रालय परिसरमा देखिएको चहलपहलले यो पदप्रतिको आकर्षण मात्र होइन, प्रक्रियाप्रति बढ्दो विश्वास पनि संकेत गरेको छ।

New Office
CG Motors
Garima Development Bank

यसपटकको विशेषता भनेको राजनीतिक पहुँचभन्दा बाहिरका व्यक्तिहको उल्लेख्य आवेदन हो। यसपटक सेबोनको अध्यक्ष बन्न पूँजीबजार, मर्चेन्ट बैंकिङ, नियामक निकाय र वित्तीय संस्थामा लामो अनुभव बटुलेका व्यक्तिहरूले अध्यक्ष बन्ने आकांक्षा देखाएका छन्। यसले नियामक निकायको नेतृत्वमा प्राविधिक दक्षता र संस्थागत सुधारको अपेक्षा बढाएको छ।

अहिलेसम्मको विवरण अनुसार बोर्डभित्रकै उच्च तहका कर्मचारीदेखि पूर्व अधिकारी र निजी क्षेत्रका अनुभवी व्यक्तिहरू सम्मिलित छन्। यसले प्रतिस्पर्धालाई थप तीव्र बनाएको छ भने अन्तिम छनोट प्रक्रियालाई चुनौतीपूर्ण पनि बनाएको छ।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज दिउँसोसम्म २७ जनाले आवेदन दिएका छन् । आज साँझ ५ बजेसम्म सचिवालयमा आवेदन दिन सकिनेछ । सेबोनको अध्यक्ष पदका लागि आवेदन दिनेहरुमा सेबोनका कार्यकारी निर्देशक विनयदेव आचार्य, पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, पुरुषोतमराज चिमोरिया (शिव चन्द्र), पूर्व मर्चेन्ट बैंकर झवेन्द्र खत्री, पूर्व मर्चेन्ट बैंकर विनोद आचार्य लगायतकाले आवेदन दिएका छन् ।

मन्त्रीपरिषदको गत वैशाख ८ गते बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन कुमार दाहाल सदस्य रहेका छन् ।

आजसम्मको प्राप्त आवेदनबाट समितिले नयाँ अध्यक्षका लागि ५ जनाको नाम सिफारिस गर्नेछ । ती ५ जना मध्येबाट एकजना बोर्ड अध्यक्ष चयन हुनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.