काठमाण्डौ । दोल्ती पावर कम्पनीको ३९ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा समाप्त हुने भएको छ ।
कम्पनीको कुल ३९ लाख १७ हजार ७०२ कित्ता सेयरको लकइन अवधि आगामी वैशाख ७ गते समाप्त हुने भएको हो ।
कुल सेयर संख्यामा संस्थापक सेयर संख्या ३७ लाख ५५ हजार ४०२ कित्ता, स्थानीय बासिन्दाहरुको सेयर संख्या १ लाख ४१ हजार ८२० कित्ता र कर्मचारीहरुको सेयर संख्या २० हजार ४६२ कित्ता रहेको छ ।
संचालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने यो नियमअनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

