बुधबार, श्रावण ६,२०८३ 08:26:48
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 08:26:48
Bizshala
Global IME Bank Limited

माउन्टेन ड्युलाई ‘पिक्स अफ करेज’ अभियान अन्तर्गत स्पाइक्स एसियामा ४ अवार्ड

माउन्टेन ड्युलाई ‘पिक्स अफ करेज’ अभियान अन्तर्गत स्पाइक्स एसियामा ४ अवार्ड
New Office

काठमाडौँ । माउन्टेन ड्यु नेपालको ‘पिक्स अफ करेज’ अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठित रचनात्मक अवार्ड समारोह ‘स्पाइक्स एसिया’मा १ ग्रान्ड प्रिक्स, १ सिल्भर र २ ब्रोन्ज गरी कुल ४ वटा अवार्ड प्राप्त गरेको छ ।  

विश्वकै एक प्रतिष्ठित रचनात्मक मञ्चमा नेपाली अभियानले हासिल गरेको यो एक ऐतिहासिक सफलता हो ।

सगरमाथाभन्दा बाहिर रहेका नेपालको समृद्ध पर्वतारोहण विरासतलाई विश्वसामु चिनाउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले कम चर्चामा रहेका हिमालहरू र तिनमा लुकेका साहसका प्रेरणादायी कथाहरूलाई उजागर गरेको थियो । 

कथावाचन, डिजिटल संलग्नता तथा इमर्सिभ ब्रान्ड एक्सपिरियन्सको उत्कृष्ट संयोजनमार्फत ‘पिक्स अफ करेज’ ले नेपालको हिमाली पहिचानलाई साहसी र जीवन्त रूपमा प्रस्तुत गरेको थियो ।

यस अभियानमा ‘लोकल एक्टिभेसन पार्टनर’ का रूपमा जोडिन पाएकोमा डिजिटल ईनले विशेष गौरव महसुस गरेको छ । नेपालमा यसको प्रभावकारी कार्यान्वयन तथा दर्शकहरूसँगको व्यापक संलग्नता सुनिश्चित गर्न डिजिटल ईनले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।  

अभियानको मूल मर्म जोगाइराख्न डिजिटल ईनले शेर्पा समुदायका दिग्गज व्यक्तित्वहरूसँग समन्वय गर्दै अभियानलाई थप प्रमाणिक र भावनात्मक रूपमा सशक्त बनाएको थियो ।

यस सफलताबारे डिजिटल ईनका संस्थापक तथा कार्यकारी निर्देशक उमङ्ग शाक्य भन्छन्, ‘यो केवल हाम्रो अभियानको सफलता मात्र होइन, समग्र नेपाली रचनात्मक उद्योगका लागि पनि गौरवको क्षण हो । ‘पिक्स अफ करेज’ को नेपाली कार्यान्वयनमा स्थानीय साझेदारका रूपमा जोडिन पाउनु हाम्रा लागि अत्यन्तै गर्वको विषय हो । स्पाइक्स एसियाजस्तो प्रतिष्ठित मञ्चमा नेपालको अभियानले यस्तो उच्च मान्यता पाउनु नेपाली विज्ञापन जगतका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित भएको छ, जसलाई हामी सम्पूर्ण टिमले हर्षोल्लासका साथ मनाइरहेका छौं ।’

यो उपलब्धिले नेपाली विज्ञापन तथा रचनात्मक क्षेत्रमा नयाँ आयाम थपेको छ। साथै स्थानीय संस्कृति र मौलिक पहिचानमा आधारित कथाहरूले विश्वस्तरमा समेत सम्मान पाउन सक्छन् भन्ने तथ्यलाई पुष्टि गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.