मंगलवार, श्रावण ५,२०८३ 11:24:36
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 11:24:36
Bizshala
Global IME Bank Limited

स्वदेश फर्कंदै देउवा, भन्छन्, ‘देशलाई प्रतिशोध होइन, सहकार्य र एकता आवश्यक’

स्वदेश फर्कंदै देउवा, भन्छन्, ‘देशलाई प्रतिशोध होइन, सहकार्य र एकता आवश्यक’
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू उपचारपछि स्वदेश फर्कन लागेको जानकारी गराएका छन्। स्वदेश फर्किनुअघि जारी गरेको सन्देशमार्फत उनले वर्तमान परिस्थितिमा देशलाई प्रतिशोधभन्दा सहकार्य, विभाजनभन्दा एकता र अविश्वासभन्दा विश्वासको आवश्यकता रहेको बताएका छन्।

देउवाले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा तथा प्रविधि र ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्य आजको प्रमुख आवश्यकता बनेको उल्लेख गरेका छन्।

उनले आफ्नो सन्देशमा भनेका छन्, ‘प्रतिशोध होइन, सहकार्य चाहिएको छ। त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ।’

देउवाले प्रतिशोध र निषेधको राजनीतिभन्दा माथि उठेर राष्ट्र निर्माण तथा साझा भविष्यलाई राष्ट्रिय संकल्प बनाउनुपर्नेमा जोड दिएका छन्। यही विश्वासका साथ आफू पुनः नेपाली भूमिमा पाइला टेक्न लागेको उनले बताएका छन्।

वर्तमान परिस्थितिले सबैलाई अझ व्यापक दृष्टिकोण, गहिरो सहकार्य र दृढ राष्ट्रिय संकल्पको आवश्यकता महसुस गराएको उल्लेख गर्दै उनले देशलाई विभाजन होइन, एकता तथा अविश्वास होइन, विश्वास आवश्यक रहेको बताएका छन्।

सन्देशमा उनले भनेका छन्, ‘सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु।’

स्वास्थ्य उपचारका लागि देउवा गत फागुन १३ गते राति सिंगापुर एयरलाइन्समार्फत सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए। उपचार सम्पन्न गरेपछि उनी अब स्वदेश फर्किन लागेका हुन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.