मंगलवार, श्रावण ५,२०८३ 11:07:30
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 11:07:30
Bizshala
Global IME Bank Limited

साउदीबाट टिक्मोमार्फत आइएमई गर्दा विराटनगरका अभिषेकले जिते बीवाईडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गर्दा विराटनगरका अभिषेकले जिते बीवाईडी अटो १ ईभी कार
New Office

काठमाण्डौ। साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरी नेपाल पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले बीवाईडी अटो १ विद्युतीय कार जितेका छन्।

आइएमई लिमिटेड र टिक्मोको संयुक्त आयोजनामा सञ्चालन गरिएको ‘साउदीबाट टिक्मोमार्फत आइएमई गरौं, उपहार जितौं’ योजना अन्तर्गत कालाखेती भाग्यशाली विजेता बनेका हुन्। काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विजेता अभिषेक कालाखेतीकी कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरे।

कार हस्तान्तरण कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिटेन्सले मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउनुका साथै परिवारमा खुसी र आशाको वातावरण सिर्जना गर्ने बताए।

उनले विदेशमा रहेका नेपालीहरूको मेहनत र सपनालाई सम्मान गर्दै आइएमई र टिक्मोका यस्ता योजनाहरू केवल सेवा विस्तारमा सीमित नभई सेवाग्राहीका आकांक्षा पूरा गर्ने माध्यमसमेत बनेको उल्लेख गरे ।

कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विश्वका विभिन्न श्रम बजारमा रहेका नेपाली युवाहरूको विश्वास र भरोसालाई सम्मान गर्दै आइएमईले सुरक्षित, सहज र भरपर्दो रेमिटेन्स सेवा प्रदान गर्दै आएको बताए। उनले विदेशमा रहेका नेपालीको कमाइलाई उनीहरूका परिवारसम्म प्रभावकारी रूपमा पुर्‍याउन आइएमईले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको दाबी गरे ।

आइएमई र टिक्मोको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त योजना २०८२ पुस २१ देखि २०८३ असार १६ गतेसम्म सञ्चालन भएको थियो। योजनाको उद्देश्य साउदी अरेबियामा रहेका नेपालीलाई टिक्मोमार्फत सुरक्षित, छिटो र डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउन प्रोत्साहित गर्नु तथा सेवाग्राहीलाई आकर्षक पुरस्कार प्रदान गर्नु रहेको थियो।

अभियानअन्तर्गत ५ जनवरीदेखि ३१ मार्च २०२६ सम्मको पहिलो चरणमा १२ जना भाग्यशाली सेवाग्राहीले आइफोन १७ तथा दुई जनाले विद्युतीय स्कुटर पुरस्कार प्राप्त गरेका थिए। दोस्रो चरणअन्तर्गत ५ अप्रिलदेखि ३० जुन २०२६ सम्म प्रत्येक हप्ता पाँच जना सेवाग्राहीले १० हजार रुपैयाँ नगद पुरस्कार जितेका थिए।

योजनाको बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली विजेताले बीवाईडी अटो १ ईभी कार जित्न सफल भएका हुन्।

आइएमई र टिक्मोको नयाँ योजना सार्वजनिक

आइएमई र टिक्मोले सहकार्यलाई निरन्तरता दिँदै नयाँ पुरस्कार योजना पनि सार्वजनिक गरेका छन्। नयाँ योजनाअनुसार १७ साउन २०८३ देखि १४ कात्तिक २०८३ सम्म साउदी अरेबियाबाट टिक्मोमार्फत नेपाल पैसा पठाउने सेवाग्राहीमध्ये प्रत्येक हप्ता दुई जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको दुई गुणासम्म पुरस्कार प्राप्त गर्न सक्नेछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.