सोमबार, असार १६,२०८२ 03:26:04
  • सोमबार, असार १६,२०८२ 03:26:04
Global IME Bank Limited

सेयर लगानीकर्तामा होलीको रौनक ,कसले कसरी मनाए ?

Hyundai Nepal
सेयर लगानीकर्तामा होलीको रौनक ,कसले कसरी मनाए ?
Nabil Bank Limited

काठमाण्डौ । रंगहरको पर्व होली आज देशभरका पहाडी तथा हिमाली भेगमा हर्षोल्लासका साथ मनाइएको छ । सेयर बजारका लगानीकर्ताले पनि होली पर्वलाई उल्लासमय तरिकाले मनाएका छन् । लगानीकर्ताहरुले साथीभाईसँग खुलेर होली मनाएका छन् । लगानीकर्ता तथा तिनका नेताहरुले परिवारजन तथा साथीभाईहरुसँग रमाईलो गरेर होली मनाएको बताएका छन् ।  

पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले आज काठमाण्डौमा परिवार तथा आफन्तहरुसँग  होली मनाएको बताएकी छिन् । ‘बिहान काठमाण्डौको पाटनमा होली पर्व मनाइयो । अहिले कपनमा रहेको दिदी–भिनाजुको घरमा होली मनाईरहेकी छु । उनले भनिन् । पोखरेलले गत वर्षहरुको होलीभन्दा यस पालीको होली केही सभ्य र मर्यादित भएको बताइन् । ‘पहिलेका वर्षहरुमा एक साता अघि देखि नै लोला हान्ने गरिन्थ्यो । हामीहरुलाई हिड्नै मुश्किल हुने गर्थ्यो । तर अहिले त्यस्तो देखिएन । अहिलेको होली धेरै सभ्य र मर्यादित देखिएको छ ।’  

 

CG Motors
Muktinath Bikas Bank Limited

त्यसै गरि नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियाल पनि तीन घण्टादेखि काठमाण्डौको ताहाचलमा आफन्त तथा साथिहरुसँगको सामिप्यतामा होली मनाई रहेका बताए । रौनियारले ३०/४० जना साथीहरुसँग घरबाटै विभिन्न पकवान तयार पारेर लगेर अग्रजहरुबाट आर्शिवाद लिएर होली मनाएको बताए । ‘आपसी सद्भाव कायम गर्ने होली नेपालीहरुको महान सामाजिक पर्व हो । हामी ३/४ घण्टा देखि जमघट गरिरहेका छौ । हामी रंग नखेलि अर्गानिक अबिर मात्रै खेल्छौ । ’रौनियारले भने ।  

लगानीकर्ता रोहन कार्कीले साथीभाई तथा इष्टमित्रहरुसँग मिलेर होली मनाईरहेको बताए ।  कार्की भन्छन्,‘ म त अहिले त्रिसारामा होली पर्व मनाई रहेको छु । यो पर्व आपसमा मित्रता तथा सद्भाव जागृत गर्ने र आफुभित्र रहेका नकारात्मक तत्वहरुलाई नष्ट गर्ने उदेश्यले मनाइने गरिन्छ । त्यसेले यो पर्व मलाई निकै रमाइलो लाग्छ । ’

त्यसै गरि सेयरधनी लगानीकर्ता संघका सदस्य राम कृष्ण कपालीले परिवारसँग घुमघाम गरेर, वसन्तप्ुर तथा काल भैरव मन्दिरमा पूजाआजा गरेर होली मनाएको बताए ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.