काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ अर्ब ५२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.९८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको नाफामा समेत सुधार आएको छ । कम्पनीले यस अवधिसम्म १४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.८१ प्रतिशतले बढी हो । कम्पनीले गत आवमा १३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा कम्पनीले ७ अर्ब ३१ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवसम्म ६ अर्ब ३० करोड रुपैयाँबराबरको रहेको कुल खर्च बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।
यस्तै कम्पनीको दाबी भुक्तानी पनि ५ अर्ब ४८ करोडबाट बढेर ६ अर्ब ५ करोड पुगेको छ ।
कम्पनीले सेयर प्रिमियम शीर्षकमा २ करोड ७८ लाख रुपैयाँको व्यवस्था गरेको छ । अघिल्लो आवसम्म ५१ करोड १ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर ६३ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ६८ करोड १३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १०.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.११ गुणा कायम भएको छ ।

