काठमाण्डौ । दाबी भुक्तानी बढ्दा नेको इन्स्योरेन्स लिमिटेड घाटामा गएको छ । चालु आवको पहिलो त्रैमाससम्म कम्पनी ८ करोड ३१ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड ४ लाख खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमाशुल्क आर्जन भने बढेको छ । अघिल्लो आवमा २८ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवमा भने २९ करोड ५४ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ ।
कम्पनीले यो अवधिमा ४५ करोड ६८ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९५.७३ प्रतिशतले बढी हो । यस्तै कम्पनीको कुल खर्चपनि ३९ करोड ८२ लाख रुपैयाँबाट बढेर ६३ करोड ८७ लाख पुगेको छ ।
२अर्ब ६९ करोड चुक्तापूँजी भएको कम्पनीको महाविपत्ती कोषको आकार १६ करोड ५८ लाख रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा ४८ करोड ७४ लाख सञ्चित छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस) १२.३५ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ २२७.१५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४४४.८५ रुपैयाँ र पीई अनुपात ४६.९४ गुणा ऋणात्मक छ ।

