काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.४८ रुपैयाँ र बिक्रीदर १४२.०८ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १६३.८६ रुपैयाँ र बिक्रीदर १६४.५६ रुपैयाँ, एक पाउण्डको खरिददर १८५.९५ रुपैयाँ र बिक्रीदर १८६.७४ रुपैयाँ र एक अष्ट्रेलियन डलरको खरिददर ९१.९९ रुपैयाँ र बिक्रीदर ९२.३८ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज एक यूएई डिरामको खरिददर ३८.५२ रुपैयाँ र बिक्रीदर ३८.६८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.८९ रुपैयाँ र बिक्रीदर १९.९८ रुपैयाँ, एक मलेसियन रिङ्गेटको खरिददर ३३.९८ र बिक्रीदर ३४.१२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८१ र बिक्रीदर ३८.९८, एक साउदी रियालको खरिददर ३७.७२ र बिक्रीदर ३७.८२ रुपैयाँ र १० जापानी येनको खरिददर ९.१० र बिक्रीदर ९.१४ रुपैयाँ कायम भएको छ ।

