बिहीबार, असार ११,२०८३ 03:08:48
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:08:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शुभम पावरले डाक्यो साधारण सभा, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव

Laxmi Sunrise Bank Limited
शुभम पावरले डाक्यो साधारण सभा, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव

काठमाण्डौ । शुभम पावर लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २६ गते काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा साढे १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा नगरेकाले सो सम्बन्धी कुनैपनि प्रस्ताव सभामा पेश हुने छैन ।  

New Office
CG Motors
Garima Development Bank

सभामा आव २०८१/८२ को सञ्चालक समितिको दोस्रो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका सम्पूर्ण विवरणमाथि छलफल गरी पारित गर्ने , आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा सञ्चालक समितिमा भएको परिवर्तन तथा निजको नियुक्ती अनुमोदन गरिनुका साथै संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन समेत पारित गरिनेछ ।  

कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.