काठमाण्डौ । सिटि होटल लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको कमलादीमा रहेको प्रभु क्यापिटलको कार्यालयमा बिहान ९ बजे खोलिने छ ।
कम्पनीले गत कात्तिक २३ गतेदेखि ३० गतेसम्म २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।
कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म १ः०.८० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।

