कठमाण्डौ । माछापुच्छ्रे बैंकले संयुक्त अरब इमिरेट्स स्थित जोयालुक्कास एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ । बैंकले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यूएई स्थित जोयालुक्कास एक्सचेन्जसँग सहकार्य गरि विधिवत रुपमा रेमिट्यान्स सेवाको शुरुवात गरेको हो ।
रेमिट्यान्स सम्बन्धि उक्त सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरे ।
उक्त सम्झौता पछि अब यूएईमा रहेका नेपालीहरुले यूएई स्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट एमबीएल रेमिट गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।
साथै, जोयालुक्कास एक्सचेन्जबाट एमबीएल रेमिट गरि पठाइएको रेमिट्यान्स नेपालका जुनसुकैै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्था पनि यस बैंकले मिलाएको छ ।
माछापुच्छ्रे बैंकले १६५ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा ८८ र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७४ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु मार्फत १८ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ सेवा दिदै आएको छ ।

