मंगलवार, असार ९,२०८३ 11:30:09
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:30:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

Laxmi Sunrise Bank Limited
नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २१ करोड ६ लाख रुपैयाँको रु.१०० अंकति दरका २१ लाख ६ हजार कित्ता अर्थात २०% प्रतिशत साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाइ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकोे छ ।

उक्त सेयर निष्काशनका लागि नेशनल फण्ड म्यानेजमेन्टको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच लक्ष्मी सन्राइज क्यापिटलमा मंसिर ०७ गते द्विपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता भएको छ ।

New Office
CG Motors
Garima Development Bank

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड को कोष व्यवस्थापक भई संचालन गर्न इजाजत प्राप्त गरेको छ ।

साथै, बुक बिल्डिङ्ग विधि मार्फत निष्काशित धितोपत्र को लागि योग्य संस्थागत लगानीकर्ता को रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ ।

यस कम्पनी कोष व्यवस्थापक रहिे पूँजी संकलन कार्य सम्पन्न गरि विविधिकृत प्राइभेट इक्वीटी फण्डको रुपमा “नेशनल इक्वीटि फण्ड–१” र उर्जा क्षेत्र लक्षित प्राइभेट इक्वीटी फण्ड को रुपमा “नेशनल हाईड्रो फण्ड–२” संचालन गर्दै आएकोे छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

क्रेडिट रेटिङ्ग संस्थाद्वारा CARE- NP BBB( Is) [Triple B (Issuer)] रेटिङ्ग प्राप्त यस नेशनल फण्ड म्यानेजमेन्टमा सरकारी संस्थाहरुको करिव २७% लगानी रहेको, विभिन्न बैँक, वित्तिय संस्था एवम् एन.आर.एन. हरुको लगानी रही विगत ३ वर्ष देखि लाभाँश वितरण गर्दै आएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.