मंगलवार, असार ९,२०८३ 11:38:25
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:38:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टिम भेञ्चर्सले २५.१८ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

Laxmi Sunrise Bank Limited
टिम भेञ्चर्सले २५.१८ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाण्डौ । टिम भेञ्चर्स लिमिटेडले प्राथमिक सेयर निष्काशन (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले कुल २५ लाख १८ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

यस सम्बन्धमा २०८२ साल मंसिर ०८ गते, काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा टिम भेञ्चर्स लिमिटेडका अध्यक्ष केसांग श्रेष्ठ र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

New Office
CG Motors
Garima Development Bank

सिनामंगल, काठमाण्डौमास्थित कार्यालय रहेको टिम भेञ्चर्स लिमिटेड विसं २०७३ सालमा स्थापना भएको इनभेष्टमेन्ट कम्पनी हो । उक्त कम्पनीको हाल चुक्ता पूँजी एक अर्ब रहेको छ । कम्पनीले हाल ऊर्जा क्षेत्र (हाइड्रोपावर र सोलार), उत्पादन क्षेत्र (माछा दाना, टीएमटी, प्रि–इन्जिनियर्ड बिल्डिङ, स्टिल), कृषि–पूर्वाधार र प्रविधि क्षेत्रमा लगानी गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भविष्यमा कम्पनीले लगानीका अन्य श्रेत्रमा अवसरहरू खोज्ने योजना बनाएको छ । उक्त कम्पनीको अन्य संचालकमा लोप्साङ श्रेष्ठ, श्री दोर्जे ग्याल्छेन लामा, साङ्गे दिकी शेर्पा र विजय बहादुर श्रेष्ठ रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा तेन्जिङ सोनाम गोन्सार रहेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.