बुधबार, असार १०,२०८३ 03:14:18
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:14:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जीवन बीमकहरुले अभिकर्ता कमिसनका लागि खर्चिए रु.३.५९ अर्ब, कुनको कति ?

Laxmi Sunrise Bank Limited
जीवन बीमकहरुले अभिकर्ता कमिसनका लागि खर्चिए रु.३.५९ अर्ब, कुनको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई कमिसन बाँड्नका लागि साढे ३ अर्ब रुपैयाँ छुट्याएका छन् । १४ जीवन बीमकले चालु आवको पहिलो त्रैमाससम्ममा अभिकर्ता कमिसन शीर्षकमा ३ अर्ब ५९ करोड १४ लाख रुपैयाँ छुट्याएका हुन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १०.५२ प्रतिशत बढी हो । 

गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले अभिकर्तालाई कमिसन बाँड्नका लागि ३ अर्ब २४ करोड ९६ लाख रुपैयाँ छुट्याएका थिए । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बाहेकका सबै कम्पनीहरुको अभिकर्ता कमिशन खर्च बढेको देखिन्छ । सूर्यज्योतिको यस्तो खर्च ३.७२ प्रतिशत घटेर २१ करोड ८४ लाख रुपैयाँ छ । रकमको आधारमा सबैभन्दा धेरै नेपाल लाइफले ९६ करोड ४ लाख रुपैयाँ खर्चिएको छ ।

New Office
CG Motors
Garima Development Bank

यो गत आवको तुलनामा १०.२४ प्रतिशत धेरै हो । दोस्रो सूचीमा रहेको नेशनल लाइफले पनि अभिकर्ता कमिशनमा ४७ करोड ७१ लाख रुपैयाँ खर्चिएको छ । कम्पनीको यस्तो खर्च ११.९८ प्रतिशत धेरै हो । तर, वृद्धिदरका आधारमा भने सिटिजन र आइएमई लाइफ शीर्ष सूचीमा छन् । सिटिजन लाइफले अभिकर्ता कमिसन खर्च २१.३४ प्रतिशत बढाएर २० करोड २५ लाख रुपैयाँ पुर्याएको छ । 

यता, आइएमई लाइफले पनि २१.३३ प्रतिशत बढाएर १३ करोड १४ लाख रुपैयाँ पुर्याएको छ । जबकि, गत आवको पहिलो त्रैमासमा यी दुई कम्पनीको यस्तो खर्च क्रमशः १६ करोड ६९ लाख र १० करोड ८३ लाख रुपैयाँ रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले पनि यस्तो खर्च २०.३६ प्रतिशत बढाएर ३४ करोड ५८ लाख रुपैयाँ पुर्याएको छ । समिक्षा अवधिमा मेट लाइफको अभिकर्ता कमिशन १४.६४ प्रतिशत, सानिमा रिलायन्सको १४.१२ प्रतिशत, प्रभू महालक्ष्मीको ११.५१ प्रतिशत, एशियनले १०.६३ प्रतिशत, रिलायवल नेपालको ९.२७ प्रतिशत, हिमालयन लाइफको २.६३ प्रतिशत, सन नेपाल लाइफको १.५४ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको १.१६ प्रतिशत वृद्धि भएको देखिन्छ ।

बीमा कम्पनी र बीमितबीचका बीचमा मध्यस्थकर्ता रुपमा काम गर्ने व्यक्ति बीमा अभिकर्ता हुन् । बीमा अभिकर्ताले बीमा कम्पनीको तलबी कर्मचारी नभइ कमिशनको आधारमा बीमा कम्पनीको तर्फबाट काम गरेका हुन्छन् । 

जीवन बीमा अभिकर्ताले पहिलो वर्ष प्रिमियम रकमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत कमिसन र त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन पाउने व्यवस्था छ । अभिकर्ताले पाउने कमिसन उसले बिक्री गरेको पोलिसीको प्रकार र त्यसको संख्याको आधारमा निर्धारण हुन्छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.