काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । सिटी होटल लिमिटेडको ८० प्रतिशत हकप्रद सेयर आज सूचीकृत भएको हो ।
कम्पनीको सो प्रतिशत दरको कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । योसँगै अब कम्पनीको सूचीकृत सेयर संख्या ३० करोड १३ लाख २ हजार कित्ता पुगेको छ ।
सूचीकृत हकप्रद सेयरको कारोबार भने आइतबारदेखि गर्न मिल्नेछ ।

