काठमाण्डौ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट मंसिर २५ गते अनुमति पाएको हो ।
कम्पनीले १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ जारी गर्न अनुमति पाएको हो ।
कम्पनीले आम सर्वसाधारण र स्थानिय बासिन्दाकशा लागि सेयर जारी गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

