काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न सेयरधनीको स्वामित्वमा रहेको १४ हजार ५ सय कित्ता सेयर बिक्रीमा राखेको छ । संस्थाले उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र पनौतीमा रहेको संस्थाको केन्द्रीय कार्यालय र नक्सालमा रहेको सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन दिन सक्नेछन् ।
संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

