काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्नेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरणको प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले पुस २९ गते ३२ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

