काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.६५ रुपैयाँ र बिक्रीदर १४४.२५ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १६८.७३ रुपैयाँ र बिक्रीदर १६९.४४ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.५५ रुपैयाँ र बिक्रीदर १९४.३६ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९५.८५ रुपैयाँ र बिक्रीदर ९६.२५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१७ रुपैयाँ र बिक्रीदर ९.२१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.११ रुपैयाँ र बिक्रीदर ३९.२८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.५४ रुपैयाँ र बिक्रीदर २०.६३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.४३ रुपैयाँ र बिक्रीदर ३५.५७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.३० रुपैयाँ र बिक्रीदर ३९.४७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९७ रुपैयाँ र बिक्रीदर १०.०१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६६.६१ रुपैयाँ र बिक्रीदर ४६८.५६ रुपैयाँ कायम भएको छ ।

