काठमाण्डौ । शुभम पावर लिमिटेडको लक इन अवधि आगामी माघ २६ गते समाप्त हुने भएको छ । उक्त अवधिमा कम्पनीको कुल १४ लाख ३१ हजार ३० कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।
कुल सेयर संख्यामा संस्थापक समूहको १४ लाख कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको ११ हजार ६१० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि सुरक्षित गरिएको १९ हजार ४२० कित्ता रहेको छ ।
सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

