काठमाण्डौ । प्रिमियर डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ ११ गते काठमाण्डौको थापाथलीमा रहेको एसजी टावरमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, यससम्बन्धी थप कुनै कार्य गर्नु परे सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्तावहरु समेत पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

