काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.७४ रुपैयाँ र बिक्रीदर १४४.३४ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १६७.८५ रुपैयाँ र बिक्रीदर १६८.५५ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.२७ रुपैयाँ र बिक्रीदर १९४.०७ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९६.२७ रुपैयाँ र बिक्रीदर ९६.६७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१७ रुपैयाँ र बिक्रीदर ९.२१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.१३ रुपैयाँ र बिक्रीदर ३९.३० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.५८ रुपैयाँ र बिक्रीदर २०.६७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.३८ रुपैयाँ र बिक्रीदर ३५.५३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४३ रुपैयाँ र बिक्रीदर ३९.६० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८९ रुपैयाँ र बिक्रीदर ९.९३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७०.३५ रुपैयाँ र बिक्रीदर ४७२.३२ रुपैयाँ कायम भएको छ ।

